citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

चाँगुनारायण नगरपालिकाको बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन

kumari bank
Prabhu Insurance Long Ad
global bank

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गर्नुभयो ।

चाँगुनारायण नगरपालिका(५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको हो ।

त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

gold
himalayan life insurance long ad