evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् ।

कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाका निर्देशक सुमित्रा लामिछानेले गत आर्थिक वर्ष २०७९/८० मा ६६ जना घरधनीले घर खाली गराउन निवेदन दिएको बताउनुभयो ।

तीमध्ये ५० वटाको महानगर न्यायिक समितिबाट फैसला भइसकेको छ भने १६ वटा मुद्दाको किनारा लाग्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा २८ जना घरधनीले निवेदन दिएका छन् ।

जसमा घर खाली, निर्माण रोक्का, अंश, छलफल गराई पाऊँ, रकम फिर्ता, करार कार्यान्वयन लगायत मुद्दा छन् ।

उहाँले कोरोनाअघि काठमाडौँ महानरमा घर खाली वा सटर खाली गराउन १०/१५ वटा मुद्दा पर्ने गरेकोमा पछिल्लो समय बढ्दै गएको बताउनुभयो । “व्यापार व्यवसाय राम्रो हुँदा खासै समस्या हुँदैन थियो । सबै ठिकठाक चलेको थियो ।

घरघनी र व्यवसायबिच लफडा हुँदा वार्षिक १०र१५ वटाभन्दा बढी घर खाली गराई पाऊँ भनेर निवेदन आउँदैन थिए,” उहाँले भन्नुभयो, “कोराना महामारीदेखि अहिलेसम्म निरन्तर व्यापार व्यवसाय गरेर बसेका सम्पर्कमा नहुँदा घर वा सटर खाली गराइदिन प¥यो भनेर वर्षमा एक सयभन्दा बढी निवेदन आउन थालेका छन् ।”

उहाँले घरधनीको आफ्नै घर भए पनि खोल्न नपाउने व्यवस्था भएकाले महानगरमा निवेदन दिएर सहजीकरण गरिदिन आग्रह गर्ने गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा कुल २० वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७६/७७ मा ६८ वटा निवेदन परेका थिए । यस्तै आर्थिक वर्ष २०७७/७८ मा कुल १५९ वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७८/७९ मा १५३ वटा निवेदन परेको महानगरले जनाएको छ ।

व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने गरेका हुन् । यसरी धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको महानगरले जनाएको छ ।

घर बहाल व्यवस्था निर्देशिका २०७९ अनुसार घरधनीले घर खाली गराउन वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ । घरबहाल लिने व्यक्ति तीन महिनासम्म बहाल नदिएर बेपत्ता भएमा घरधनी प्रक्रियामा अघि बढ्न पाउँछन् ।

यसमा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी बहाल बुझाउन र घर खाली गर्न घरधनीले सूचित गरेर बहालवालको ठेगानामा पत्राचार गर्नुपर्ने व्यवस्था छ ।

घरबहाल लिने व्यक्ति समयमै उपस्थित नभएमा वडा कार्यालयका जनप्रतिनिधि, प्रहरी, कम्तीमा तीन जना भद्रभलाद्मीको रोहबरमा बहाल रहेको घर वा कोठा खोली गर्दा फेला परेको मालसामानको मुचुल्का तयार गरी घरधनीको जिम्मा लगाएर मालसमान सुरक्षित रहने गरी घर खाली गरिनुपर्ने व्यवस्था छ ।

 

igi long
himalayan life insurance long ad