stcnepal long ad
national life

नेपाल प्रहरी र नेपाल स्काउटबीच समझदारीपत्रमा हस्ताक्षर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । १५ माघ नेपाल प्रहरी र नेपाल स्काउटबीच समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा बुधबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो ।
समाजमा अपराध रोकथाम, सामुदायिक सचेतना अभिवृद्धि र समग्र सामुदायिक सुरक्षाको प्रणालीगत सुधार गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरीले अबलम्वन गरेको ‘समुदाय(प्रहरी साझेदारी’ अवधारणा तथा बालबालिका एवं युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावना अभिवृद्धि गर्दै देश विकासको कार्यमा सहभागी गराउने नेपाल स्काउटको लक्ष्य प्राप्तिका लागि संस्थागत साझेदारी निर्माण गरी साझा उद्देश्य र कार्यक्रमहरु एकिकृत रुपमा कार्यान्वयन गर्ने उद्देश्यले नेपाल प्रहरी र नेपाल स्काउटबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
समझदारीपत्रमा कार्यक्रमको कार्यान्वयन, श्रोत व्यक्तिको आदान प्रदान, एकिकृत स्वयंसेवक परिचालन, प्रहरीसँग एक दिन, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना आदान प्रदान, भ्रमण आदान प्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय संकल्पको रुपमा रहेको “समृद्ध नेपाल, सुखी नेपाली” को अभियानलाई साकार पार्न दुवै संगठनको सहकार्यको क्रियाशिलता आजको आवश्यक्ता रहेको चर्चा गर्दै यस समझदारीलाई कार्यान्वयन गर्न दुवै पक्ष अग्रसर हुनुपर्ने बताउनुभयो ।
ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध नियन्त्रण लगायत सामाजिक विकृतिका विषयहरु नियन्त्रण गर्न नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले अत्यन्त सक्रिय रुपमा रहेको युवा जमातलाई साझेदारी मार्फत सचेत गराउनुपर्ने बताउनुभयो । लागूऔषधको प्रयोगबाट समाजलाई पर्ने असर नियन्त्रण र अपराध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तहको सहकार्यमा विभिन्न जिल्लाहरुमा परामर्श केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।
विविध ज्ञानलाई आदान प्रदान गर्दै महिला हिंसा, बालबालिका विरुद्ध हुने अपराध लगायत सामाजिक विकृतिका विरुद्धमा समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई अभियानको रुपमा संचालन गरी अगाडि बढनुपर्ने प्रहरी महानिरीक्षक खनालले बताउँदै। नेपाल प्रहरीले आगामी दिनमा नेपाल स्काउटले गर्ने सामाजिक कार्यहरुमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल स्काउटका प्रमुख आयुक्त लोक बहादुर भण्डारीले नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारीलाई अभियानको रुपमा गाउँगाउँ र जनस्तरसम्म पुर्यालएकोले यसले नेपाल प्रहरीको छविलाई थप उच्च बनाइरहेको चर्चा गर्दै यस कार्यक्रम प्रहरीको मात्र नभई सबैको साझा हितमूलक अवधारणा भएको बताए ।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले समझदारीपत्रको मस्यौदा प्रस्तुतीकरण गर्नुभएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत नेपाल स्काउटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

gold
kumari bank
kumari
nawakantipur long