कलाकार जयनेन्द्र चन्द ठाकुरको ८० वर्षको उमेरमा निधन

आर्थिक सञ्जाल
काठमाडौं । कलाकार जयनेन्द्र चन्द ठाकुरको ८० वर्षको उमेरमा आज निधन भएको छ । ठाकुरको आफ्नै घर बागडोल ललितपुरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चरित्र अभिनेताका रुपमा स्थापित ठाकुर पछिल्लो समय लामो समयदेखि प्यारालाईसिसबाट पीडित थिए । उनले ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका एकसय बढी चलचित्रमा अभिनय गरेका छन ।