stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

निप्पोन पेन्ट नेपाली बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६

काठमाडौं। निप्पोन पेन्ट नेपालमा भित्रिएको छ । कारोबारको आधारमा आफू एसियाको अग्रणी पेन्ट दावी गर्दै आएको निप्पोनले नेपालका सवारी साधन खरिदपछिको बजारमा आफ्ना रंगहरु उपलब्ध गराउने योजना अघि सारेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी यसको नेपालमा बिक्री शुभारम्भ गरिएको हो ।

बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले निप्पोन पेन्टले सवारी साधनहरूको बाह्य सतहलाई परिपूर्ण तल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको बताए ।

उनले आउँदो केही महिनाभित्रमा हामी कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरिसतहको लागि उत्पादनहरू ल्याउने बताए । उनले भने, ‘हाम्रो उद्देश्य नेपालमा दिर्घकालीन उपस्थिति जनाउन हो र हामी नेपालमा उद्योग र उपभोक्ताहरूसँग सबल र सुनिश्चित ढंगको सम्बन्धलाई गहिरो तुल्याउने छौं ।’

त्यस्तै भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले यो नेपालमा कार धनीहरूका लागि सम्भाव्य राम्रो समाचार रहेको बताए । उनले आफ्नै घरदैलोमा उचित मल्यमा उच्च प्रविधिको कार पेन्टको पहुँच पाउने छन । यसका अलावा नेपालका उत्कृष्ट पेन्टरहरूलाई अन्य देशका समकक्षीहरूसँग मिलेर क्षेत्रीयर विश्वस्तरका सीप तालिममा सहभागी हुनकालागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको जनाएका छन् ।

निप्पोन पेन्टले  बजार प्रवेशसंगै विश्वका नव आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इन क्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ। यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना रहेको छ जसमध्य १ वर्ष भित्र कम्तिमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि ( कोर सुपेरियो कलर मिक्सिङ सिस्टम ) मा केन्द्रीकृत हुनेछन् ।

त्यसैगरि नेपाल बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले नेपालले आफ्नो सबल ग्राहक मामिला तथा बडी निर्माता पसल तथा ग्यारेजहरूका कारण सम्भाव्य सबल वृद्धिको सम्भाव्यता प्रस्तुत गर्ने बताए । उनले भने, ‘हामी नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली (इको सिस्टम) निर्माण निश्चित गर्न उद्योगका संगठनहरू र सम्बद्ध सरोकारवालाहरूसँग साझेदारी गर्नेछौं ।’

निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुची टेडिङमार्फत काठमाडौं, ललितपर, भक्तपुरसहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यस वर्षको अरर्धवार्षिक अवधिमा पोखरा,नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ ।

prabhu mahalaxmi
kumari