citizens life insurance long ad
stcnepal long ad

सरकारले विश्वास गुमायो : ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् ।

प्रतिनिधि सभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको बताए ।

‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्‍यो ? ओलीले भने । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधेयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो ।

पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजन मार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजन माग गरेका थिए । उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए ।

यसअघि नै सत्तारुढ दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरूले बजेट हुबहु पारित गर्न ह्विप जारी गरेका थिए ।

IME Life
kumari