prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

एमालेसँग एक्लै लड्न कसैले सक्दैन: केपी ओली

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न कसैले पनि नसक्ने बताएका छन्। शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला सङ्घको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेसँग एक्लै लड्ने साहस नभएरै १० दलीय गठबन्धन भएको बताएका हुन्।

‘हामीले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि ९ दल डराएर १० दल बनाए। १० दल १० तिर फर्केका छन्।

एमालेले यताबाट आक्रमण गर्छ कि उताबाट आक्रमण गर्छ कि भन्ने डर उनीहरूलाई छ। एमालेसँग एक्लै लड्न सक्दैनन्, ’ उनले भने । वामपन्थी राष्ट्रपति हुनुहुँदैन भनेर प्रचण्ड हिँडेको बताउँदै ओलीले कम्युनिस्टको नाममा प्रचण्ड दक्षिणपन्थी बनेको टिप्पणी गरे।

कानुन छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठबन्धनले गरेको उनको भनाई छ।

२८ फागुन २०७९, आइतवार ०७:५६ बजे प्रकाशित

NTA long ad
stcnepal long ad