Everest Bank
nabil bank
national life
stcnepal long ad

राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै

राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा ठूला राजनीतिक दलबीच मतभेद

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको वहस राजनीतिक वृत्तमा बढेको छ । खासगरी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी वैठकमा सकेसम्म राष्ट्रिय सहमति कायम गर्ने धारणा व्यक्त भएसँगै वहस बढेको हो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको वहसले सत्तारुढ दलहरुबीच आशंका र विपक्षीमा नयाँ समीकरणको अवसर बढाएको छ । माओवादी केन्द्रको स्थायी कमिटी वैठमा सकेसम्म राष्ट्रिय सहमति कायम गर्ने धारणा अधिकाँश नेताबाट व्यक्त भएपछि वहस सतहमा आएको हो ।

सरकार गठनका बेला साझेदार दलहरुबीच भएको सहमति अनुसार राष्ट्रपति एमालेको भागमा परेको छ । एमाले अध्यक्ष केपी ओलीले एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति बन्ने स्पष्ट पनि गरि सक्नुभएको छ । त्यसैले सहमति अनुसार नै सवै कुरा अघि बढ्नेमा एमाले ढुक्क पनि हो ।

तर एमालेकै पनि सर्वस्वीकार्य व्यक्तित्व हुनुपर्ने सन्देश सरकारको नेतृत्व गरेको दल माओवादीले दिएपछि विपक्षी लगायतका अन्य दलका नेता केही हौसिएका छन् ।

राष्ट्रिय सहमतिकै विषयलाई उठाउदै आगामी राष्ट्रपतिमा काँग्रेसको पनि उम्मेदवारी दिने तयारी गरेको छ । यसका लागि विपक्षीहरुको गठबन्धन बलियो बनाउने रणनीति अख्तियार गर्दै काँग्रेसले प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा समेत उम्मेदवारी दिएको थियो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नेपाली कांग्रेस सहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । गोरखामा आयोजित एक कार्यक्रममा डाक्टर भट्टराइले कांग्रेसको समेत सहमतिमा राष्ट्रपति चयन गरिनुपर्ने बताउनु भएको हो ।

नेकपा  एमालेका नेताहरुले भने  एमालेकै उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभएको छ । छुट्टा छुट्टै कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभयो ।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको विषयले राजनीतिक वृत्तमा प्रवेश पाएको हो ।

तर सरकार गठनका बेलाको सहमति र गठबन्धनको निरन्तरताका लागि सत्ता सझेदार र सरकारलाई समर्थन दिएका दलहरु सभामुख र उपसभामुख निर्वाचनमा समेत एकै ठाँउ रहेको अवस्थामा राजनीतिलाई नै तरंगित गर्दै अहिले भैरहेको राष्ट्रिय सहमतिको वहसले ग्रहण गर्ने स्वरुपबारे अनेकन आँकलन मात्र गर्न सकिन्छ ।

१५ माघ २०७९, आइतवार ०५:१० बजे प्रकाशित

stcnepal long ad