adbl long ad
nabil bank
stcnepal long ad
national life

आज बागमती प्रदेश सरकारले पूर्णता पाउने

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझाव सहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

कार्यदलले बुधबार मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।

बुधबार दिउँसो बाँकी ८ मन्त्रीलाई शपथ ग्रहण गराउने कार्ययोजना बनाइसकेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

थपलियाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा गरी तीन दल मात्रै सरकारमा जाने तयारी भएको बताउनुभयो ।

बागमतीमा गत पुस २६ मा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुभएको थियो । त्यस दिन उहाँले ३ जना मन्त्री बनाउनु भएको थियो ।

प्रदेशमा प्रतिनिधित्व गरेका ७ दलहरु मध्ये मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेमकिपा बाहेक ६ दलले समर्थन गरेका थिए । एमालेले ५, माओवादीले ४ र राप्रपाले २ मन्त्रालय पाउनसक्ने स्रोतको दाबी छ ।

११ माघ २०७९, बुधवार ०७:३६ बजे प्रकाशित

Election
stcnepal long ad