stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज उपसभामुख निर्वाचन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।आज उपसभामुख पदको निर्वाचन हुँदैछ । उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठवन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगर र विपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेसबाट सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुभएको हो ।

रानामगरको प्रस्तावकमा उहाँकै दलका सांसद सोविता गौतम रहनुभएको छ भने समर्थकमा नेकपा ९एमाले०का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

यादवको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी रहनु भएको छ ।

IME Lifesidebar
kumari