एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बुधबार साँझ बालकोटमा उहाँहरूबीच डेढ घन्टा लामो छलफल भएको स्रोतले जनाएको छ ।
स्रोतले भन्यो, ‘५:३० बजे बालकोट पुगेका चिनियाँ राजदूत सोङले करिब डेढ घन्टा ओलीसँग छलफल गर्नुभएको हो।’
स्रोतका अनुसार उहाँहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको हो । स्रोतले भन्यो, ‘राजदूत सोङले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे पनि ओलीसँग कुरा गर्नुभएको छ।’ नेपालका लागि चिनियाँ राजदूत बनेर आएपछि सोङ र ओलीबीच यो पहिलो भेट हो।
४ माघ २०७९, बुधवार १९:४७ बजे प्रकाशित