citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एक करोड ४ लाख मत गन्दा एमाले पहिलो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ करिब एक करोड ४ लाख १६ हजार मत गणना हुँदा नेकपा (एमाले) ले आफ्नो अग्रता कायमै राखेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार २७ लाख ८६ हजार मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

नेपाली कांग्रेस २६ लाख ५९ हजार मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६२ हजार मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख २४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार , जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेको छैन ।

उसले दुई लाख ९४ हजारमत प्राप्त गरेको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

himalayan life insurance
igi long