sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

सो टोली प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथोपियन एयरल्याइन्समार्फत् काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा शान्ति स्थापना कार्यमा खटिरहेका छन् ।

साथै, उक्त मिसनमा तैनाथ श्री चन्दननाथ गण आठौँ डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरू सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा मङ्सिर १७ गते सोही विमानबाट स्वदेश फर्केका छन्।

 

prabhu bank
nawakantipur long