कास्की २ मा स्वतन्त्र पार्टीको अग्रता कायमै, सत्ता गठबन्धन चौथो स्थानमा
पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । रास्वपाका माधव प्रसाद कँडेल ५६१ मतका साथ अगाडि छन् ।
नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन् । राप्रपाका सुवर्णराज पन्त ३६० मतसहित तेस्रो स्थानमा छन भने सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मतसहित चौथो स्थानमा छन् ।























