sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एमालेमा मतदाताको उत्साह छ: अध्यक्ष ओली

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको रक्षा र समृद्धिको लागि नेकपा एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा सोमबार नेकपा एमाले चितवनद्वारा आयोजित आम सभामा उहाँले राष्ट्रियता लोकतन्त्र सुशासन र विकासको लागि एमाले सरकार चाहिने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले मसिर ४ गतेको निर्वाचनको लागि महाकालीदेखि मेची र दुर्गम स्थलहरुमा नेकपा एमालेको पक्षमा मतदाताहरु उत्साहका साथ लागेको आफूले पाएको बताउनुभयो ।

उहाँले देश कसरी बनाउने देशको विकास कसरी गर्ने उद्योग कलकारखाना र कृषिलाई कसरी विकास गर्ने भन्ने योजना नेकपा एमालेको घोषणा पत्रमा उल्लेख भएको बताउनुभयो ।

prabhu bank
nawakantipur long