stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज चितवनमा आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । लोकतान्त्रिकवाम गठबन्धनले आज चितवनमा आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । उहाँ हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानुहुनेछ । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जानुहुने भएको हो ।

त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व तिलक सापकोटाको निवास पुग्नुहुने छ । सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उहाँ गैँडाकोट जान लाग्नुभएको हो । त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उहाँले सम्बोधन गर्दै हुनुहुन्छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली लगायतका नेताले सम्बोधन गर्नुहुने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम रहेको छ ।

 

prabhu mahalaxmi
kumari