stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एमाले सिध्याएर निस्किएको माओवादी अब कांग्रेस सिध्याउन पसेको छ: कुन्तीदेवी पोख्रेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ को आमनिर्वाचनलाई लक्षित गरी चुनावी आमसभाको आयोजना गरेको छ ।

राप्रपाले काठमाडौंको वशन्तपुरमा उपत्यकाव्यापी चुनावी आमसभा गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको उक्त सभामा प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरुले बोल्ने कार्यक्रम थियो ।

यसरी उम्मेदवारहरुले बोल्ने क्रममा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले आफ्नो उम्मेदवारी राष्ट्र, राष्ट्रियता र युवाहरुका लागि भएको बताएकी छिन् ।

कार्यक्रममा उनले यो उम्मेदवारी हाम्रो नभएर तपाईंहरुको भन्दै मतदातालाई हौस्याएकी थिइन् । पोख्रेलले सभामा बोल्दै पुराना दलका नेताहरु पटक–पटक चुनाव जितेर सत्तामा पुगे ‘आखिरीमा उनीहरुले भष्टाचार गरेर देश बेचेरै छाडे, नेपाल आमालाई रुवाएरै छाडे ।

’ सभामा उनले ठाकुवा गर्दै भनिन्, ‘ती भ्रष्ट नेताहरुले पटक–पटक झुक्याएर देश र जनता लुट्दापनि अभैm उनीहरुलाई भोट दिनुहुन्छ भने तपाईंहरु नै हो यो देश बेच्ने ।’ एमालेका साथीहरु छातीमा हात राखेर भन्नुहोस् मलाई खासै कुरा काट्न मन थिएन तर भन्न वाध्य भएँ, यहीं देशमा हिजो एमालेमा माओवादी छिरेर एमाले सिध्यायो, अहिले फेरि कांग्रेसमा छिरेको छ अब कांग्रेस पनि सिध्याएर निस्कन्छ ।

त्यो कुरा कांग्रेसका साथीहरुले याद गर्न जरुरी छ,’ पोख्रेलको सुझाव छ । उनले थपिन्, ‘मैले अन्य पार्टीहरुको कुरा काटेकी थिइँन तर आज वाध्य भएकी छु किन भने यी पुराना दलका नेताहरुले यो देश बच्दैछन्, देश बेचिनबाट जोगाउनका लागि पनि म बोल्न वाध्य भएकी हुँ ।

काठमाडौं क्षेत्र नं. २ मा पटक–पटक खाली बाहिरबाट ‘टुरिष्ट’ नेताले उम्मेदवारी दिन्छन्, चुनावपछि जनताको पिरमर्का बुझन् पर्केर आउँदैनन । ती आयातित नेताहरुका कारण यस क्षेत्रका अधिकांश ठाउँहरु अझै पनि रोल्पा, रुकुमको दूर्दशामा रहेको रहेको बताएकी छिन् ।

कार्यक्रमा उनले दुई छाक टार्नकै लागि अब युवाहरुले विदेशिनु नपरोस् भन्नका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् । उनी अगाडि भन्छिन्, ‘म आफै उद्यमी, व्यवसायी र समाजसेवी भएकाले पनि जनमाझ धेरै समस्या देखेर त्यसको निवारणका मैले उम्मेदवारी दिएकी हुँ ।’

पछिल्लो समय धर्ममा धेरै विकृति आएकाको बताउँदै त्यो विकृति हटाउन महाभारतमा कुन्तीको जस्तो रोल खेल्न आफू राजनीतिमा आएको उनले बताइन् ।

 

prabhu mahalaxmi
kumari