citizens life insurance long ad
stcnepal long ad

नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र सार्वजनिक हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं।नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र अहिले केहीबेरमा सार्वजनिक हुँदैछ ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा आउने भएपछि सुरक्षा व्यवस्था पनि सुदृढ बनाइएको छ ।

कुल ५२ पृष्ठको घोषणापत्रको मुख्य नारा ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार स् नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने रहेको छ ।

घोषणापत्र सार्वजनिक गर्न सबै तयारी पूरा भएको घोषणापत्र निर्माण समितिका सदस्य डा। स्वर्णिम वाग्लेले दिनुभयो । घोषणापत्र निर्माण गर्न महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको थियो ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयबाट अबको केही बेरमा घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

IME Life
kumari