stcnepal long ad
global ime bank long

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंशिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका  लागि  प्रयास  भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।

यद्धपी, शिर्ष नेताहरुको बैठकवाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिए पछि आज बैठक बस्न लागेको हो ।

IME Lifesidebar
kumari