prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

 सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन्।

बैठकमा सरकारमा सहभागी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी हुनेछन्। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ।

 

एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ। तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो।

समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेको छ। सोही कारण आजको बैठकमा यसबारे ठोस निर्णय हुने एकीकृत समाजवादीका एक नेताले बताए।

८ असार २०७९, बुधवार १३:२६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads