राष्ट्रिय सभाको १९ पदमा आज उम्मेदवारी दर्ता
काठमाडौं। आगामी माघ १२ का लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज पुस २० गते मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।
७ महिला ७, दलित २, अपांगता भएका तथा अल्पसंख्यक २ र अन्य क्लस्टर का ७ जना गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।
प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुने गरि निर्वाचन कार्यालय स्थापना गरिएका छन। भोलि उम्मेदवारविरुद्ध उजुरीको कार्यसूची छ भने २२/२३ पुस २२ र २३ गते उजुरीमाथि छानबिन हुने कार्यसुची रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार राष्ट्रिय सभामा प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।
निर्वाचनका लागि सत्तारुढ गठबन्धन चार दल र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०बीच प्रतिस्पर्धा हुनेछ । सत्तागठबन्धनमा रहेका दलहरूको गत सोमबारको बैठकले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने ८ वटा सिटमा भागबन्डा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी फागुन २० बिदा हुँदैछन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन कार्यक्रम अन्तर्गत आजबाट उम्मेदवारी दर्ता प्रकृया सुरू हुँदैछ ।


























