citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् । भोली मंसिर २४ गतेदेखि(२७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ ।

महाधिवेशन नजिकिँदै गर्दा देशभरबाट तीनलाख जनसहभागित हुने अनुमान सहित बढ्दो सवारी चापले प्रभावित हुने उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले चुस्त दुरूस्त व्यवस्थापनको योजना बनाएको छ ।

ट्राफिक व्यवस्थाका दुई मुख्य योजना हुनेछ। जसमा पहिलो जनशक्ति परिचालन गरि ट्राफिक व्यवस्थापन गर्ने र दोस्रो पार्किङस्थलको व्यवस्थापन हो ।

यी दुबै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरीपरीको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन

। ट्राफिक प्रहरीले सडक अस्त व्यस्त नहुने गरी ट्राफिक व्यवस्थापन मिलाउने भएको छ । मानिस र जुलुश आउने रुटमा थप जनशक्ति परिचालन गर्ने भएको छ । यो क्षेत्रमा जनशक्ति पनि बढाउने भएको छ । ट्राफिक प्रहरीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी महाधिवेशन स्थल वरीपरी खटाउने भएको छ । यो नर्मल अवस्थाभन्दा बढी हो ।

माइतीघर, भृकुटीमण्डप, रत्नपार्क,जमल,कमलादी,कमलपोखरी,दरवारमार्ग,थापाथली,त्रिपुरेश्वर क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको छ। योभन्दा अगाडि ठूला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना ट्राफिक प्रहरीले बनाएको छ ।

नर्मल अवस्था भन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन एसएसपी भट्टराईले बताएका छन। असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ । ‘अरु सवारी चल्नै नसक्ने अवस्था हुँदैन ।

अरु गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’ एसएसपी भट्टराई भन्छन्, ‘इन्ट्री पोइन्ट हेरिन्छ । असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’

दोस्रो महत्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिँकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ । यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुनेगरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ । एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ ।

टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ । उनले भने ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ ।

himalayan life insurance
igi long