citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सभापतिमा साझा उम्मेदवार टुंग्याउन संस्थापन इतरको दौडधुप

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। १४औँ महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसमा उम्मेदवारको टुंगो लगाउन धमाधम आन्तरिक बैठक बस्न थालेका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि संस्थापन इतर समूह साझा उम्मेदवारको टुंगो लगाउन लागि परेको छ । पछिल्लो तीन दिनदेखि औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकिएको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता रामचन्द्र पौडेललाई रहने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले बुधबार साँझसम्म निर्णयमा पुग्ने र उम्मेदवार घोषणा गर्ने दाबी गरेका छन । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौं।

सबै कोणबाट छलफल गर्यौ। बुधबार साँझसम्म निर्णयमा पुग्छौं।’ संस्थापनइतर पक्षले आज पूर्वजिल्ला सभापति, निर्वाचित जिल्ला सभापति र प्रदेश सभापतिसँग परामर्श गर्दैछ । त्यसपछि रामचन्द्र पौडेल सभापतिमा उठने सम्भावना छ।

सिंह उपसभापति र डा. शेखर कोइराला महामन्त्रीमा उठने सम्भावना रहेको छ । तर सिंह र डा. शेखर सभापति भन्दा तल व्याक नहुँने भन्दैछन।

himalayan life insurance
igi long