stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राप्रपाको पहिलो एकता महाधिवेशन काठमाडौंमा सुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन राप्रपाबीच एकता भएपछि बुधबारबाट पार्टीको पहिलो महाधिवेशन शुरु भएको हो ।

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले भृकुटीमण्डपमा महाधिवेशन शुरु भएको जानकारी दिनुभयो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गर्नु भएको छ ।

लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसक्नु भएको छ भने अर्का अध्यक्ष पशुपति शम्शेर राणा भने तटस्थ बस्ने बताउनु हुँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताउनुभएको छ ।

यसैगरी अध्यक्ष थापालाई नेताहरु बुद्धिमान तामाङ, उद्धव पौडेल, दीपक बोहोरा, ध्रुव प्रधान, रोशन कार्की र भुवन पाठकको समर्थन छ । झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले १४७ कार्यसमितिको चयन गर्नेछ । आजबाट शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

 

prabhu mahalaxmi
kumari