sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सर्लाही पुगेर प्रचण्डको नागरिकता बाँडने घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को सर्लाही जिल्ला पुगेर नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) एकता गर्न आह्वान गरेका छन ।

सर्लाहीको सदमुकाम मलंगवामा आयोजित शिक्षक संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकता गर्न प्रस्ताव गरेका हुन । उनले त्यहाँ भने– ‘घोषणा सभा जनकपुरमै गरौं।’

जसपा निकट रामेश्वर प्रसाद यादवको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन माओवादी केन्द्रसँग बिलय भएको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘घिँउ कहाँ पोखियो थालमा । ढिलो नगरि पार्टी एकता गरौं । क्षेत्रीय पार्टीबाट मधेशी जनताको नि विकास हुँदैन, पहाडी जनताको पनि विकास हुँदैन । गठबन्धन त गरेका छौं। एकै पार्टी बनाउ । तपाइलाई चाहिले सम्मान र अधिकार दिन कन्जुस्याइ गर्ने छैनौं ।’

माओवादी केन्द्र र जसपा मिल्दा मधेशमा एक्लो बहुमत आउने भन्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन । यस्तै फरक प्रसङ्गमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा बिदेशबाट आएपछि पहिलो काम नागरिकता दिलाउने गर्ने बताएका छन।

उनले त्यहाँ मधेशी जनतालाई आश्वासन दिदैभने, ‘सबै प्राविधिक कुरा भन्दिन । हेर्नुहोला प्रधानमन्त्रि बेलायतबाट फर्किएपछिको पहिलो काम नागरिकताको ऐन परित गरिनेछ ।’

prabhu bank
nawakantipur long