citizens life insurance long ad
stcnepal long ad

राप्रपाको जिल्ला अधिवेशन कात्तिक १४ हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ५४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । २३ जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ।

यी जिल्लाहरूमा यही कार्तिक १४ गते सम्ममा जिल्ला अधिवेशन गर्न कार्यतालिका सार्वजनिक गरिएको छ। राप्रपाको यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौं केन्द्रीय एकता महाधिवेशन गर्ने मिति तोकिएको छ।

महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।

राप्रपाले क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गरेको छ । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ ।

स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ ।

निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था गरिएको राप्रपा स्रोतले बताएको छ ।

IME Life
kumari