citizens life insurance long ad
stcnepal long ad

एमालेको कार्तिक ६ गते वडा अधिवेशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) ले यही कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकैसाथ वडा अधिवेशन आयोजना गर्ने भएको छ । मंसिरमा महाधिवेशन आयोजना गर्ने कार्यतालिका बनाएको एमालेले कात्तिक ६ मा एकैपटक वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

एमाले केन्द्रीय कार्यालयले जनाए अनुसार वडा अधिवेशनको शूभारम्भ पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट गर्नेछन् । एमालेले वडा अधिवेशन लगत्तै कात्तिक ९ गते देशभरका सबै स्थानीय तहको अधिवेशन गर्ने पनि कार्यतालिका बनाएको छ । वडा र स्थानीय तहको अधिवेशन लगत्तै जिल्ला र प्रदेशको अधिवेशनहरु गर्ने एमालेको तयारी छ ।

वडा र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरु निर्वाचन प्रणालीबाटै चुनिने छन् । विधानअनुसार कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरिएको जनाएको छ ।

IME Life
kumari