stcnepal long ad
global ime bank long

एकीकृत समाजवादीको भूषाल महासचिव हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आज असोज ७ गते केन्द्रीय समितिको बैठकबाट महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउने भएको छ ।

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको छ।

महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले बताएको छ । महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा। विजय पौडेल लगायतले दाबी गर्दै आएका छन् । यसमध्ये पनि भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहदै आएको छ ।

पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । आज बैठक सक्ने योजना रहेको बताइन्छ । केन्द्रीय कमिटीको संख्या अनुसार पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरु टुंगो लगाइने भएको छ ।

केन्द्रीय कमिटीको एक तिहाइ पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ स्थायी कमिटी सदस्य रहने व्यवस्था गरिने भएको छ ।

एकीकृत समाजवादीले यसअघि प्रदेश इञ्चार्जहरु तोकेको थियो । प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इञ्चार्ज छन् । सुदूरपश्चिमको इञ्चार्ज भने तोक्न बाँकी रहेको छ ।

IME Lifesidebar
kumari