kumari bank
Prabhu Insurance
stcnepal long ad

युवा नेता ज्ञवालीबाट महाधिवेशन प्रतिनिधिमा दाबी

काठमाडौं । नेपाली कांग्रेसको १४ओैं महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको रुपमा युवा नेता एवं समाजसेवी ऋषब ज्ञवालीले उम्मेदवारी दिने आकांक्षा देखाएका छन।

स्पष्ट विचार भएका बौद्धिक एवं शालिन युवा नेता ज्ञवालीले आसन्न कांग्रेस महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने दाबी गरेका छन। उनले यो घोषणा आफ्नो फेसबुक पेज मार्फत पनि सार्वजनिक गरिसकेका छन।

अर्घाखाँची कांग्रेसलाई नमुना कांग्रेस बनाउदै सबै जनताको कांग्रेस, सिमित वर्गको मात्र नभइ सबैको कांग्रेस बनाउदै गुटउपगुटको अन्त्य गरि भावनात्मक रूपले नै कांग्रेस नेता कार्यकर्तालाई एकजुट बनाउन पर्ने आफुले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनाएको उनले बताए।

नमुना कांग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा र सक्षम नेतृत्व चुन्नका लागि सम्पुर्ण परिवर्तनशिल र गतिशील कांग्रेसजनहरु समक्ष आफुलाई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मत दिई विजय बनाउन उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू समक्ष अनुरोध गरेका छन।

अहिले नगर र गाउँपालिकाको वडा–वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका प्रतिनिधिहरु पनि परिवर्तनशिल र अग्रगामी सोचका भएकाले आफुलाई मत दिएर निर्वाचित गराउनेमा विश्वास रहेको ज्ञवालीले आर्थिक सञ्जालसँग बताएका छन।

कांग्रेसमा अब विचार,सिद्वान्त,विधि,विधान,पद्वतिबाट चल्ने रुपान्तरण र पुस्तान्तरणको खाँचो रहेको छ भन्दै ज्ञवालीले आसन्न महाधिवेशनका क्षेत्रीय प्रतिनिधिज्युहरु समक्ष विवेक पुर्याएर महाधिवेशन प्रतिनिधिहरु चुन्न र चुनिन आग्रह गरेका छन् । पालिकाको वडा तहदेखि केन्द्रसम्मको सांगठानिक पुल बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै युवा नेता ज्ञवालीले पुरातनवादी सोच र गुट उपगुटका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउदै त्यसका विरुद्ध उभिन पनि समग्र कांग्रेसजन समक्ष आग्रह गरेका छन।

कांग्रेस हुने खाने र सिमित बर्गको मात्र पार्टी हुन लागेको यो अवस्थामा सिमित बर्गबाट सबै जनताको मनमा बस्ने कांग्रेस बनाउने अभियानमा लाग्न पनि सम्पुर्ण कांग्रेसजनलाई उनले आव्हान समेत गरेका छन।

युवा नेता ज्ञवालीले भने–मेरो उम्मेदवारी आग्रह या पुर्वाग्रहका लागि होइन, गुट उपगुट बिस्थापन एवं सबल,सुदृढ र गतिशिल कांग्रेस निर्माणका लागि हो भन्दै युवा नेता ज्ञवालीले पार्टी एकताको सन्देश दिदै पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउने यो अभियानमा सामेल भइ भव्य रुपमा महाधिवेशन सफल पार्न आ–आफ्नो ठाउबाट सबैले सहयोग गर्न पनि समग्र जनता एवं कांग्रेसजन समक्ष अपिल गरेका छन।

युवा नेता ज्ञवालीको उम्मेदवारी घोषणाको पुर्ण पाठ:

हार्दिक अपिल ?
आदरणीय अर्घाखाँचीबासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा कोरोना महामारीको यो विषम परिस्थितिमा सु–स्वास्थ तथा दिर्घायुको कामना गर्दछु।

हामी अहिले नेपाली कांग्रेसको १४ओैं महाधिवेशनको पुर्व सन्ध्यामा छौं। पार्टी नेतृत्व चयनका क्रममा जुट्नु भएका सम्पुर्ण विजयी क्षेत्रीय प्रतिनिधिहरु, समग्र जिल्लामा रहेका वार्डबाट निर्वाचित हुनुभएका सम्पुर्ण वार्ड कार्य समितिका पदाधिकारी एवं सदस्यज्युहरु तथा पार्टीप्रति आस्थावान समग्र महानुभावहरुमा जय नेपालको न्यानो अभिवादन व्यक्त गर्दछु।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा संघर्षरत रहि तत्कालीन निरंकुश शासन व्यवस्था र कम्युनिस्ट अतिवाद विरुद्ध हामी र हाम्रो परिवार निरन्तर रुपमा संघर्षरत रहेको कुरा यहाँहरु सबैमा सर्व विदितै छ।

प्रजातान्त्रिक सेनानी स्वर्गीय आदरणीय बुवा चन्द्रमणी ज्ञवालीको सुपुत्रको रुपमा आफुलाई पाउँदा गौरव महसुस गरेको छु।

विगत विद्यार्थी जिवनकालदेखि नै म नेपाल विद्यार्थी संघ जनज्योति इकाइ समिति, पाणिनी बहुमुखी क्याम्पस इकाइ समिति, काठमाडौं शिक्षा क्याम्पस इकाइ समिति सहित अर्घाखाँची जिल्ला जिल्ला कार्य समितिका विभिन्न तह र तप्कामा बसि काम गरेको लामो विद्यार्थी राजनीतिक अनुभव तथा निरंकुश शासन व्यवस्था विरुद्ध ०६२/०६३ सालको जन आन्दोलनमा विद्यार्थी मोर्चाको नेतृत्व गर्दै अग्रपंक्तिमा लोकतान्त्रिक प्रणालीका पक्षमा आफुलाई समर्पित गर्दै आएको कुरा यहाँहरु समक्ष जानकारी गराउदछु।

पेशा व्यावसायका क्रममा जिल्ला या जिल्ला बाहिर बसेता पनि जिल्लाका हरेक राजनीतिक क्रियाकलाप होस अथवा जिल्लाका विकास निर्माण तथा जिल्लाबासीका समग्र समस्याहरूमा आफुले सकेसम्म सक्दो उपस्थिति एवं सहयोगको प्रयास गर्दै आएको कुरामा समग्र जिल्लाबासीहरु जानकार नै हुनुहुन्छ।

हामी समग्र कांग्रेसजनहरु महाधिवेशनको महासंग्राममा दौडिरहदा कांग्रेसलाई गतिशील र जनताको पार्टी बनाउने जिम्मा हाम्रो काधमा आइपरेको छ। गतिशील र सुदृढ कांग्रेस निर्माण अभियानमा समग्र कांग्रेसजन दौडिरहदा नीति, नेतृत्व र संगठनप्रति बहस चल्नु चलाइनु स्वभाविक हो ।

जनताले अपनत्व महसुस गर्ने कांग्रेस आजको आवश्यकता हो। बालबालिका, युवा, प्रौढ तथा वृद्धहरु सबैको कांग्रेस जनताको चाहना हो र देशको आवश्यकता पनि।

कांग्रेसलाई जनताको पार्टी निर्माणका निमित्त आसन्न १४ ओैं महाधिवेशनमा नेपाली कांग्रेस अर्घाखाँची जिल्लाका सम्पुर्ण क्षेत्रीय प्रतिनिधिज्युहरु र समग्र कांग्रेसजनहरुका विचमा बसि सवल, सक्षम र सुदृढ काङ्ग्रेस अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता सहित आगामी आसन्न अधिवेशनमा केन्द्रिय (संघिय) महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारको रुपमा यहाँहरु माझ आफुलाई प्रस्तुत गरेको छु।

आजसम्म समग्र जिल्लाबासीहरुले दिनुभएको माया र सदभाव प्रति आजिवन ऋणी छु। आशा छ आगामी दिनमा पनि यहाँहरुको माया र सदभाव निरन्तर रुपमा रहनेछ। जय नेपाल।।।

ऋषब ज्ञवाली
केन्द्रिय महाधिवेशन प्रतिनिधि उम्मेदवार ( अर्घाखाँची।
स.न.पा. ( ७ (साविक खाँची कोट)


५ असोज २०७८, मंगलवार १६:०८ बजे प्रकाशित

nabil bank