stcnepal long ad
global ime bank long

कांग्रेसको ४१ जिल्लामा वडा अधिवेशन सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशनको प्रकृया भदौं १८ गतेबाट शुरू भएको छ । १८ गते ४१ जिल्लाका वडा अधिवेशन सम्पन्न भई वडा समिति गठन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन ।

आज भदौं १९ गते पनि केही जिल्लाहरूमा वडा अधिवेशन भैरहेको छ। काग्रेसले सबै जिल्लाहरूमा भदौं २३ गते भित्र वडा अधिवेशन सम्पन्न गर्ने निर्वाचन कार्यक्रम बनाएको भएपनि अझै दुई दर्जन जिल्लाहरूको क्रियाशिल विवाद नटुंगिएकाले भदौं अन्तिम सम्म पनि वडा अधिवेशन सम्पन्न हुन गारो देखिन्छ। सबै वडा अधिवेशन सकियो भने नगरर गाउँ,क्षेत्र,जिल्ला र प्रदेश अधिवेशन गर्न त्यति गारो हुँदैन् ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको छ । कांग्रेस पार्टीसँग आबद्ध विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधिहरु चयन हुन गइरहेका छ ।

यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँने छ । यसरी कांग्रेसले आन्तरिक लोकतान्त्रिक अभ्यास शुरू गरेको छ। यसले राजनीतिक दलहरूमा अनुकरणीय नजिर स्थापित गर्दैछ ।

कांग्रेसको चौधौं महाधिवेशन उत्सवको रुपमा मात्र आएको छैन, महाधिवेशनले लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ ।

महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नेछ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुले लोकतन्त्र थप बलियो हुनेछ ।

विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन डेढ वर्ष अघि सम्पन्न हुन सकेन । ढिलै भएपनि महाधिवेशन हुने सुनिश्चित भएको छ । यतिखेर कांग्रेस आमनिर्वाचनको तयारीमा जुटिरहेको छ ।

कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन यसमा नेतृत्वकै मुल दोष देखिन्छ तर कसैलाई दोष दिन कोही तयार छैनन् । कांग्रेसको महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी सवै कांग्रेसजनको हो ।

कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन । यसैले पार्टीलाई पुनःगौरवशाली बनाउने दृढ संकल्पका साथ सवै कांग्रेसजन महाधिवेशनमा सरिक हुनु पर्दछ ।आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुन्छ । यसले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ, पार्टीलाई चलायमान बनाउँछ ।

पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय हुनसक्छ । स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्नेछ ।

कांग्रेसमा विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई यो महाधिवेशनले हटाउन सक्नु पर्दछ । गुटबन्दी कै कारण गत आम निर्वाचनमा कांग्रेस कम्युनिष्ट भन्दा कमजोर हुन पुगेको थियो।

कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी कांग्रेसीहरूकै हो। त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन कांग्रेससँग समय छैन । उत्सवको रुपमा आएको चौधौं महाधिवेशनलाई कांग्रेसजनले ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनु पर्नेछ ।

चौधौं महाधिवेशनमा श्रद्धेय नेताहरु,लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने ती शहिदहरु, द्वन्द्व पीडित साथै संघर्षको प्रत्येक मोर्चामा संलग्न भएका साथीहरुको गरिमा र भावना अनुरुप आफूलाई प्रस्तुत गर्नुपर्ने जिम्मेवारी छ ।

नेता र कार्यकर्ताको सामान्य गल्ती र कमजोरीले पनि कांग्रेसको इतिहास प्रति न्याय गर्न सक्दैनौं,भविष्यका पुस्ताको लागि कांग्रेस असान्दर्भिक हुनसक्छ ।

कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको छ । पार्टीको संगठनात्मक ढाँचाको विस्तारसँगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन । यस कार्यमा खटिएका सवैलाई सहयोग गर्नुपर्ने दायित्व पनि सबै कांग्रेस कार्यकर्ताहरुको हो ।

अवको झण्डै सय दिन मुलुकको राजनीति कांग्रेसको महाधिवेशनतर्फ सोझिनेछ । मुलुकवासी मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि मित्रराष्ट्रहरुले कांग्रेस तर्फ हेर्नेछन । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा कांग्रेसले सवैको मन जित्न सक्षम हुन सकोस र अहिले प्रारम्भ भएको कांग्रेसको महाधिवेशनलाई सफल पारौं।

IME Lifesidebar
kumari