citizens life insurance long ad
stcnepal long ad
national life

वाइसिएल नेतृत्वमा चार आकांक्षी

राष्ट्रिय भेला भदौं ११ र १२ गते हुँदै

Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । यही भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनले भेला पछि वाइसिएलको नेतृत्व छाडेर नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्दैछन् ।

हालसम्म अध्यक्ष चार जना दाबेदार देखिएका छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु यशोदा न्यौपाने, सुमन देवकोटा (अब्दुल), सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदारका रूपमा देखिएपनि बाहिर खुलेर आउन सकेका छैनन् ।

अध्यक्षको दाबेदारी प्रस्तुत गर्ने देवकोटा यसअघि वाईसीएलको संरचनामा सेर्पाली भन्दा जुनियर हुन् । यी चारमध्ये रुकुम पूर्वका सुवोधराज सेर्पाली बलियो दाबेदारको रुपमा देखिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमा पुगेर देवकोकोटाले आफ्नो उमेर पनि सकिन लागेको र एक पटक युवाको नेतृत्व गर्ने इच्छा भएकाले आफूलाई मौका दिनुपर्ने भन्दै लबिङ गरेका छन् ।

उनले यतिमात्र नभएर अहिले प्रकाश जिवित भएको भए आफू भन्दा अन्य व्यक्तिले वाईसीएलको जिम्मेवारी नपाउने भन्दै भावुक विषय राखेका छन् ।

तर, सेर्पाली भने संगठनको नेतृत्व आफूले पाउनुपर्नेमा ढुक्क देखिन्छन् । १४ वर्षको उमेरमा माओवादी जनयुद्धमा बन्दुक बोक्न पुगेका उनी संगठनमा उनको क्रेज तथा आम युवा नेताहरुले उनलाई सहर्ष स्विकार गर्ने कारण पनि उनी वाईसीएलको भावी अध्यक्ष दाबी प्रस्तुत गर्दै आएका छन् ।

सेर्पाली संगठनको जिल्ला , तत्कालीन मगरात राज्य,केन्द्रीय कोषाध्यक्ष महासचिवको जिम्मेवारी पूरा गरेका माओवादी केन्द्र लुम्बिनी प्रदेशको सदस्य समेत छन् ।

वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हुने भएको छ ।

प्रवक्ता ओलीका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् । काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लाग्न भने बाँकी छ । तर मुख्य होष्ट काठमाडौंमा हुनेछ ।

काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् । त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् ।

यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ । भेलाबारे जानकारी दिन भदौं १० गते बिहीबार दिउँसो पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

himalayan life insurance
igi long