citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एमालेको ९ विभाग गठन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । विधान अधिवेशनको तयारीमा जुटेको नेकपा (एमाले) ले पार्टीका ९ वटा विभागहरु गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न ९ वटा विभागहरु गठन गरेको छ ।

सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैंले राखेका छन् ।

संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई मनोनित गरिएको छ ।

यसैगरि पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनित गरिएको बताए । विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनित गर्ने काम भने बाँकी रहेको छ।पछि सदस्यहरू थपिनेछन्।

एमालेले आगामी साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।

त्यसको २ दिनअघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने निर्णय पनि एमालेले गरेको छ ।

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागेको स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

himalayan life insurance
igi long