citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एमाले जिल्ला कमिटिको बैठक

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नयाँबस्ती स्थित ड्रिम हाउस पार्टी प्यालेसमा नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको बैठक १०:२० बजे शुरू भएको छ ।

जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक,नगर कमिटी अध्यक्षहरु र जिल्ला कमिटीका सदस्यहरुसँगको चरणवद्ध छलफलपछि जिल्ला कमिटीको पूर्णताका लागि संगठन विस्तार, विभागका नेतृत्व चयन ,जेष्ठ कम्युनिस्ट मंच गठन लगायतका एजेन्डाहरुमा छलफल भैरहेको छ ।

कार्यक्रम सभापतित्व केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण बहादुर राईले गरेका छन। कार्यक्रमको विशेष अतिथि एमाले महासचिव इश्वर पोखरेलरहेका छन्।

प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा वली१२:०० बजे आउने कार्यक्रम रहेको छ। बागमती प्रदेश भौतिक तथा पूर्वाधार बिकास मन्त्री रामेश्वर फुयाँल, काठमाडौं जिल्ला सचिब दिपक निरौला लगायत सबै जिल्ला सदस्यहरू बैठकमा सहभागि भएका छन्। माधव पक्षका जिल्ला सदस्यहरू उपस्थिति भएका छैनन।

himalayan life insurance
igi long