citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेसमा क्रियाशिल सदस्यमा विवादै विवाद

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरणमा गोकर्णेश्वर नगरपालिकाको १, २, ३ र ४ वडाको नयाँ क्रियाशीलको नामावली चौधौं महाधिवेशनका लागि स्थगन गरेको छ ।

काठमाडौं क्षेत्र नं. ३ सहित देशका विभिन्न जिल्लाका क्षेत्र, वडाहरुको विवादित नामावलीमा निर्णय गर्न नसके पछि छानवीन समितिले विवादित क्षेत्रका नामावली स्थगन गर्दै छानबिनको काम नसकिँदै कांग्रेस पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको छ ।

विवाद समाधान नगरि बुझाइएको प्रतिवेदनले कांग्रेस महाधिवेशनमा थप विवाद बढाएको छ। गोकर्णेश्वर नपाका ४ वटा वडाहरूको विवाद केन्द्रीय सदस्य अम्बिका बस्नेत र पर्शुराम पोखरेलका कारण उत्पन्न भएको काठमाडौं क्षेत्र नं.३ का कांग्रेस कार्यकर्ताहरूको भनाइ छ ।

प्रतिवेदनमा क्रियाशील सदस्यता सम्वन्धमा केही स्थानहरुमा समितिले निर्णय गरी स्थगित गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ ‘क्रियाशील सदस्यता सम्वन्धमा केही स्थानहरुमा समितिले निर्णय गरी स्थगित गरेको छ । केही स्थानमा समिति सहमतिमा पुग्न नसकेको हुँदा आवश्यक निर्णयका लागि नेताहरुको तहमा प्रस्तुत गर्ने निर्णय भएको छ ।

नयाँ तर्फको नामावलीमा विवाद रहेका कारण देहायका स्थानको क्रियाशील सदस्यताको नविकरण तर्फको नामावलीलाई मात्र सदर गरी नयाँ तर्फको नामावलीलाई चौधौं महाधिवेशनका लागि स्थगन गरी सो अधिवेशन पछि प्रक्रिया पुरयाई कायम हुने गरी निर्णय गरिएको छ ।’

प्रतिवेदनका अनुसार नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् ।

जसमध्ये ४ लाख ४३ हजार ६ सय ६८ जना जना नयाँ थपिएका छन् । त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ । कांग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४ सय ३८ जना पुरुष ९७४.२६ ० प्रतिशत र १ लाख ९९ हजार ९७ जना महिला ९२२।६२० प्रतिशत रहेका छन् ।

अन्यमा १७६ ९०।०२० प्रतिशत जना छन् । प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले भने नोट अफ डिसेन्ट लेखेका छन् । छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको गुरूङको आरोप छ ।

केन्द्रीय महाधिवेशन आउन ३५ दिन बाँकी छँदा ४ लाख ४३ हजार नयाँ सदस्य कांग्रेसमा थपिएका छन् । विदेशस्थित जनसम्पर्क समितिबाट समेत नयाँ सदस्यताको नामावली आउँदा कांग्रेसमा ९ लाखभन्दा बढी सदस्य हुने देखिएको छ ।

नयाँ विवरण पछि नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु प्रदेशमा यस प्रकार हुने देखिएको छ। प्रदेश १– १,७४,७८२, प्रदेश २– १,१२,९४६, वाग्मती– १,८६,१४३,लुम्बिनी– १,३०,८८५,कर्णाली– ५४,५६६, सुदूरपश्चिम– ७४,७५६ जना रहने छन।नयाँ सदस्य– ४ लाख ४३ हजार ६ सय ७८ जनाले पाउने भएका छन्।

पुराना सदस्य नविकरण ४ लाख ९ हजार ३ सय ३९ भएको छ। विदेशस्थित जनसम्पर्क समितिको नयाँ सदस्यता विवरण आउन बाँकी रहेको छ। कांग्रेसको सदस्यता उमेर समूह अनुसार १६–२५ वर्षसम्मका– ४०,४२७ जना,२६–४० वर्षसम्मका – २,४९,७७४ जना, ४१–६० वर्षसम्मका – ३,२८,२३४ जना, ६१–७५ वर्षसम्मका– ८३,०१० जना, ७५ वर्षमाथिका – ११,७८२ जना, महिला– १,९९,०९७ जना र पुरुष– ६,५३,४३८ जना रहेको प्रतिवेदनमा उल्लेख छ।

himalayan life insurance
igi long