citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेकपा (एमाले) मा ८ जना स्थायी समितिमा मनोनयन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौ । नेकपा (एमाले) को आज बालुवाटारमा बसेको १०ओैं महाधिवेशन आयोजक समितिको बैठकले पूर्व नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेका ४ जना र एमालेका ४ जना नेताहरू सहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गर्ने निर्णय गरेको बुझिन आएको छ । पार्टीको १० ओैं महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णय पनि गरेको छ।

आज बसेको एमालेको १०ओैं महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पुर्व नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको छ ।

जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पार्टीको स्थायी मिति सदस्यमा मनोनयन भएका छन्।

यसैगरी नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको बुझिएको छ।

उनीहरूमध्ये रघुवीर महासेठ र विष्णु रिमाल संस्थापन ओली समूहका हुन् भने बेदुराम भुषाल र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गर्दै निवेदन दिएका थिए ।

नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक असार १८ गते शुक्रबार बोलाइएको छ। त्यो बैठकमा माधव नेपाल र बामदेव गौतम पक्ष आउने र नआउने प्रस्ट भैसकेको छैन।

No description available.

himalayan life insurance
igi long