stcnepal long ad
ime life insurance
national life
global ime bank long

जसपाका महन्थ ठाकुर पक्षमा रहेका ६ सदस्य उपेन्द्र यादव समूहमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य उपेन्द्र यादव समूहमा गएका छन्।

पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्।

यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन आफूहरूले अध्यक्ष उपेन्द्रलाई साथ दिएको बताएका छन।

मृगेन्द्रसिंहले अर्का अध्यक्ष ठाकुरले जसपालाई पुरानो राजपालाई जस्तै गतिहीन बनाउन खोजेकाले आफूले उपेन्द्र समूहलाई साथ दिएको बताए।

यसैगरी, साहले आफ्नो सहयोग र समर्थन अध्यक्ष उपेन्द्रलाई रहेको प्रष्ट पारे। पछिल्लोपटक कित्ता बदलेका मृगेन्द्रसिंह राष्ट्रियसभा सदस्य हुन् भने रामनेरश र साह प्रदेश २ का मन्त्री हुन्।

कार्यकारिणी समितिका ६ सदस्यले ठाकुरलाई छाडेपछि समितिमा उपेन्द्र समूह प्रष्ट बहुमतमा देखिएको छ। उपेन्द्र समूहका नेता महेन्द्रले आफूहरूसँग कार्यकारिणी समितिमा ३१ जना सदस्य रहेको बताए।

उपेन्द्र समूहले ठाकुर पक्षलाई पार्टी फुटाउन ४० प्रतिशत सदस्य संख्या पुग्न नदिने रणनीति बनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्छ। जसपाले ५१ सदस्यीय कार्यकारिणी र ८ सय सदस्यीय केन्द्रीय समिति बनाएको छ।

८ सय सदस्यीय केन्द्रीय समितिमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी खेमाबाट ४ सय र महन्थ ठाकुरलगायतले नेतृत्व गरेको तत्कालीन राजपा खेमाबाट ४ सय राख्ने सहमति भएको छ ।

केन्द्रीय समितिमा अहिले तत्कालीन समाजवादीका ४ सय र तत्कालीन राजपाका ३ सय ७९ जना छन्। तत्कालीन राजपा खेमाबाट २१ जनाको नाम दिन बाँकी छ। यी दुई पार्टी मिलेर गत वर्षको वैशाखमा जसपा बनेको थियो। जसपा विधानमा कार्यकारिणी समितिलाई पार्टीको निर्णय गर्ने अधिकार दिइएको छ।

 

IME Lifesidebar
kumari