citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुहोस्

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । निषेधाज्ञाको समयमा कसैलाई छाक टार्न समस्या भए काठमाडौं महानगरपालिकाले  हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।

दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो ।

अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।

‘गएको वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या पर्यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यालय मार्फत सहयोग गरिरहेका छौँ, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, ‘कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनु भएको भए आफू बसोबास गरेको ठाउँ सहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।’

यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ त्यहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ । ‘कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० र ननकोभिड बिरामीका लागि १० गरी कुल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । त्यसबाट अहिलेसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन् ।

महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ ।

महानगरको आर्थिक सहयोगमा सामाखुशीमा रहेको राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयू तथा भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ ।

अहिले महानगरपालिकामा ६२ हजार ३८३ कोरोना सङ्क्रमित रहेकामा ५१ हजार १६७ निको भएका छन् भने १० हजार ९५ होमआइसोलेशन र १८६ संस्थागत आइसोलेशनमा रहेका छन ।

त्यस्तै यहाँ अहिले १० हजार ७९७ सक्रिय सङ्क्रमित रहेका र यहाँ ५१६ जनाले अस्पतामा उपचार गराइरहेका छन् । यहाँ कोरोनाका कारण ४१९ ले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । रासस

himalayan life insurance
igi long