citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रतिनिधि सभा विघटन विरुद्ध परेका सबै रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं ।  प्रतिनिधि सभा विघटन विरुद्ध परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।

चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरुले सर्वोच्चमा  बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।

अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले हिजो संवैधानिक इजलासमै पठाउने आदेश दिएको थियो ।

हिजो रिटको प्रारम्भिक सुनुवाइका क्रममा भोलि जेठ १५ को बजेट पेस गर्नुपर्ने भएकाले यसअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यक भएकाले अन्तरिम आदेशको माग गरिएको थियो ।

तर प्रधानन्यायाधीशको इजलासले रिट निवेदनहरुमा उठान भएको विषयसमेत गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले आवश्यक प्रक्रिया पूरा गरी संवैधानिक इजालसमा पेस गर्न आदेश भएको हो । आज प्रधानन्यायाधीशकै नेतृत्वमा कम्तीमा पाँच सदस्यीय इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

himalayan life insurance
igi long