citizens life insurance long ad
stcnepal long ad

बादल हराउन ईश्वर सकृय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । बागमती प्रदेशमा राष्ट्रिय सभाको रिक्त एक सिटका लागि आज विहिवार १० बजेबाट हेटौंडाको भुटनदेवीमा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार गृह मन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ छन् ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल गुटबाट कलम चिह्न लिएर साझा उम्मेदवारका रुपमा डा। खिमलाल देवकोटा उभिएका छन् जसलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको समर्थन छ ।

एमालेका बरिष्ठ नेता नेपाल पक्षका डा. देवकोटालाई विपक्षीले साझा उम्मेदवारका रुपमा स्वीकार गरी उम्मेदवार बनाएका हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता नेपालसहितका असन्तुष्ट पक्षसँग २०७५ जेठ २ गते कै अवस्थामा फर्किने गरी एकताका लागि तयार भएपछि एमालेभित्रको विवाद समाधान हुने दिशामा गएको छ । तर राष्ट्रिय सभा उपनिर्वाचनले एमाले भित्रको विवाद पुनः सतहमा ल्याइदिएको छ ।

गत मंगलबार बिहान बादल बरिष्ट नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा गएर सहयोगको याचना गरेका थिए । उनले सहयोगको आश्वासन बादललाई दिएको समाचार सार्वजनिक भयो ।

तर मंगलबार साँझ बरिष्ठ नेता नेपालको सचिवालयको तर्फबाट मोहन गौतमले बादललाई सहयोग गर्ने कुरा भ्रमपूर्ण रहेको विज्ञप्ति आयो । जसका कारण बादललाई एमालेकै माधव नेपाल पक्षले मत नहाल्ने निश्चित देखिएको छ ।

बागमती प्रदेशमा नेपाल गुटका २२जना प्रदेश सभा सांसद र ३७ जना स्थानीय तहका प्रमुख,उपप्रमुख रहेका छन। यसरी नेपाल गुटले एमालेको मतको करिव १७०० मतभार काटने र सो मत डा. देवकोटालाई जाने निश्चित छ।

एमालेको माधव नेपाल पक्षसँग एकता गर्ने पक्षमा पटक्कै नदेखिएका पार्टीका महासचिव तथा विना विभागीय उपप्रधानमन्त्री इश्वर पोखरेल पनि बादललाई पराजीत गर्न भित्रभित्रै सक्रिय भएको चर्चा छ ।

बादललाई प्रधानमन्त्री ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नै बनाउने संकेत देखिएपछि पोखरेल पनि उनलाई हराउने पक्षमा रहेका छन् ।

इश्वर पोखरेलले बागमती प्रदेशका आफ्ना निकटहरुलाई बादललाई हराउनका लागि परिचालन गरेका छन् । पोखरेलले बादल हराएर एक तीरले दुई निशाना साँध्न खोजेका छन् । निशाना नम्बर एक बादल हराएर आफू गृहमन्त्री बन्ने । निशाना नम्बर दुई हारको अपजस माधव नेपाल समूहलाई दिएर एकता प्रक्रिया भंग भएको घोषणा गर्ने ।

एमाले महासचिव पोखरेल माधव नेपालहरुसँग मिल्नै नहुने एकता बिरोधीका रुपमा एमालेमा चिनिन्छन् । माधव नेपालहरुलाई एमालेबाट बाहिर पारेपछि ओलीपछिको पार्टीको नेतृत्व आफ्नो हातमा आउने मृगतृष्णा पोखरेलमा रहेको छ ।

तर एमालेमा ओली गुट भित्रै पोखरेललाई नेता कसैले मान्दैनन् । ओली गुटमा भावी नेतृत्व छैन। पोखरेल ओलीको उत्तराधिकारी हुन खोजेका छन। ओलीपछि कि माधव,कि झलनाथ खनाल कि बामदेव गौतम अध्यक्ष हुने सम्भावित नेता हुन।

पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल,बादल सेकेन्डमेन मात्र हुन सक्छन,फष्ट मेन हुने नेतृत्व क्षमता यिनमा छैन भन्ने एमाले कार्यकर्ताहरूको विश्लेषण रहेको छ तर पनि पोखरेल भने बादललाई सिध्याएर आफू अध्यक्ष बन्न तघारो लगाई रहेका छन।

IME Life
kumari