stcnepal long ad
global ime bank long

प्रधानमन्त्री ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालयको शिलान्यास गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे बल्खुस्थित पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन शिलान्यास गर्न लागेका हुन् । वि.स. २०७२ को भूकम्पका कारण बल्खुस्थित पार्टी कार्यालयको भवनमा क्षति पुगेको थियो ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन बनाउने निर्णय गरेको थियो ।

आजैदेखि भाडामा लिएको थापाथलीस्थित नयाँ पार्टी कार्यालय पनि सञ्चालन हुने छ । आज ११ बजे प्रधानमन्त्री ओली नयाँ पार्टी कार्यालय जाने कार्यक्रम रहेको छ ।

IME Lifesidebar
kumari