stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महाधिवेशन घोषणापछि बल्ल देउवाले गठन गरे विभागहरु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । महाधिवेशनको मिति तय भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका १३ विभागहरु गठन गरेका छन् । सभापति भएको यति समयसम्म विभाग गठन गर्न आनाकानी गर्दै आएका उनले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका हुन् ।

पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्‍ने नेताहरुको नाम नदिए पनि रामचन्द्र पौडेल समूहका दुई जना गोविन्द भट्टराई र शिवप्रसाद हुमागाईंलाई विना सहमति संयोजक बनाइएको छ । बाँकी ११ विभागमा आफ्‍नो समूहका नेतालाई देउवाले संयोजक बनाएका छन् ।

विभागहरु गठन गर्ने काम महाधिवेशन सम्पन्न भएलगत्तै गर्नुपर्ने थियो । देउवाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागको संयोजक तोकेका छन् ।
त्यस्तै, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरासियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन्। साथै, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग र प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिएका छन्।

देउवाले शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोन गरी आफूले विभाग गठन गर्न लागेकाले नाम पठाउन आग्रह गरेका थिए । प्रतिउत्तरमा पौडेल यति ढियो विभाग गठनको औचित्य छैन भन्दै महाधिवेशनको तयारी गर्न देउवालाई सल्लाह दिएका थिए । तर देउवाले अटेर गर्दै विभागहरु गठन गरेका थिए । पूर्वसचिव शारदाप्रसाद त्रितालले नेकपामा वामदेव गौतमलाई साँसद बनाउने खेल र काँग्रेसमा महाधिवेशनको घोषणा पछि विभाग गठन गर्ने कुरा एकै भएको प्रतिक्रिया जनाएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari