stcnepal long ad
global ime bank long

बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । स्रोतका अनुसार बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि विविध कारणले स्थगित गरिएको छ ।

यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो । यद्यपि, एक दिनपछि सारियो । पुनः बैठक नै स्थगित भएको जानकारी दिइएको छ । यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए। यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन्।

सोही अनुसार प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख सहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो।

IME Lifesidebar
kumari