citizens life insurance long ad
stcnepal long ad

शसस्त्र प्रहरीकका हवल्दार घुस रकम सहित अख्तियारको नियन्त्रणमा

Nimb long ad
Prabhu Insurance Long Ad

बर्दिवास । शसस्त्र प्रहरीको गौशाला रामनगर स्थित बेसक्याम्पमा कार्यरत एक शसस्त्र प्रहरीको हवल्दार घुस रकम सहित पक्राउ परेका छन् ।

गौशाला रामनगर स्थित बेसक्याम्पमा कार्यरत हवल्दार श्रवण बस्नेतलाई सोमबार अपरान्ह ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो ।

अख्तियारको बर्दिवास कार्यालयका प्रवक्ता मणिराम ज्ञवालीका अनुसार हवल्दार बस्नेतले सेवाग्राहीलाई जंगलबाट काठ दाउरा ओसार पसार गर्दा सहजिकरण गरिदिने भन्दै १५ हजार घुस रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीको लागि टंगाल कार्यालय पठाएको प्रवक्ता ज्ञवालीले बताए ।

IME Life
kumari