stcnepal long ad
ime life insurance
national life
global ime bank long

काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुनमा नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ । त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि महामन्त्री पूर्णबहादुर खड्काले भन्नुभयो, ‘‘प्रतिनिधि सभा विघटन गर्ने कार्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलता तर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य हो भन्ने काँग्रेसको ठहर छ ।’’

प्रतिनिधि सभा विघटनबारे काँग्रेसमा ‘दुई धार’ रहेको भनी केही सञ्चार माध्यमबाट गलत सूचना प्रवाह भएको भन्दै बैठकको निर्णयमा भनिएको छ, ‘‘भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयका आधारमा समाचार सम्प्रेषणका लागि सबै सञ्चार माध्यमलाई यो बैठक हार्दिक आग्रह गर्दछ ।’’

यसैबीच काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुनमा नहुने भएको छ । फागुनको ७ देखि हुने तय भएको महाधिवेशनको अर्को मिति नतोकिए पनि क्रियाशील सदस्यता वितरणको कार्यको अन्तिम विवरण पठाउने अवधि आगामी माघ मसान्तसम्म तोकिएको छ ।

IME Lifesidebar
kumari