citizens life insurance long ad
stcnepal long ad

एयर चाइनाको जहाज चार्टर्ड गरेर काठमाडौं आइपुग्यो चिनियाँ टोली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा राजनीतिक संकट गहिरिदै गएको समयमा उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ ।

एयर चाइनाको जहाज चार्टर्ड गरेर आइतबार आज चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।

उक्त टोली चीनको सिचुवा प्रान्तको राजधानी छेन्दुबाट जहाज चार्टर्ड गरेर काठमाडौं आएको बताइएको छ । काठमाडौं आर्लिएसँगै चिनिया कम्युनिष्ट पार्टीको उक्त टोली काठमाडौंस्थित चिनिया दूतावास गएको बताइएको छ ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा उत्पन्न भएको परिस्थितिबारे बुझ्न सो टोली काठमाडौं आएको बुझिएको छ ।

उक्त टोली नेपालमा ४ दिन रहने र नेपाल बसाईको क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

IME Life
kumari