पूर्वमाओवादी पक्षका ५ मन्त्रीले राजीनामा दिँदै !
काठमाडौं । पूर्वमाओवादी पक्षका ५ मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटन गर्न सिफारिस गरेपछि पूर्व माओवादीबाट मन्त्री बन्नु भएका ५ मन्त्रीहरुले राजीनामा दिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
राजीनामा तयारी गरेका मन्त्रीहरुमा उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रम मन्त्री रामेश्वर राय यादव रहनु भएको छ । उहाँहरु अहिले राजीनामाको लागि आन्तरिक सल्लाहमा रहेको बताइएको छ ।
राजीनामा दिने तयारीमा रहनु भएको मन्त्रीहरुले बरिष्ठ नेता माधव कुमार नेपालसँग पनि सल्लह गर्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटटन गर्न गरेको सिफारिस प्रति विभिन्न पार्टीका नेता तथा मन्त्री परिषदका सदस्यहरुबाटै आलोचना भइरहेको छ ।
५ बाहेक पूर्व माओवादीबाट मन्त्री बनेका अन्यले भने केही प्रतिकृया दिइरहेका छैनन् । बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट मन्त्री बनेका केहीले भने प्रधानमन्त्री ओलीको सिफारिसप्रति बिरोध जनाएका छन् ।























