stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुन : जोडिए विवेकशील र साझा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा भएको छ। बुधबार भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको हो।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र रहने छन्, भने मिलन पाण्डे संयोजक रहने छन् ।

एकीकृत पार्टीको केन्द्रीय समिति दुवैतर्फबाट ६५–६५ जना गरी १३० जनाको हुने जानकारी कार्यक्रम सञ्चालक रञ्जु दर्शनाले दिइन्। उनले एकता महाधिवेशन ६ महिनाभित्र हुने जानकारी दिइन्।

विगतमा यी दुई एक एकै रहेको र उनीहरूले विगतमा फुटप्रति माफी पनि मागेका छन् । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नु दुर्घटनाको संज्ञा दिएका छन्।

साझा पार्टीका प्रमुख रवीन्द्र मिश्र र विवेकशील नेपालीका तर्फबाट मिलन पाण्डेले एकीकरण प्रस्तावमा हस्ताक्षर गरेका थिए।

IME Lifesidebar
kumari