कतार सरकारले दिएको ३ वटा मर्सिडिज कार परराष्ट्र सचिवद्वारा ग्रहण
काठमाडौं । कतारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज कार उपहार स्वरुप प्रदान गरेको छ । बुधबार नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई ३ वटै कार सहित चावी प्रदान गर्नु भएको छ । कतारले दिएका ती कारहरु लिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
उक्त कार लिँदै सचिव पौड्यालले कतार सरकालाईे धन्यवाद दिनुभएको थियो । त्यस्तैगरी कतारले नेपालप्रति देखाएको सद्भाव सँधै यस्तै रहिरहने आशा व्यक्त गर्नुभयो ।

























