citizens life insurance long ad
stcnepal long ad

नेकपामा जबजमा धुर्विकरण हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम सम्भवत उहाँहरूको राजनैतिक जीवनकै सबैभन्दा बढता नैतिक संकटको सामना गरिरहेका छन, यधपी यो संकटको सर्जक पनि उनीहरू स्वयं नै हुन ।

नेकपाको सन्निकट दसौं महाधिवेशनमा आफ्नो बैचारिक बटमलाईन जनताको बहुदलीय जनबाद (जबज) हो भन्ने कुरा स्वयम माधव कुमार नेपालले प्रष्ट पारिसकेका छन् भने कमरेड वामदेव गौतम पनि त्यसबाट दायाँबायाँ हुने कल्पना पनि गर्न सकिदैन ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त जबजको मुख्य संरक्षक नै हो भन्दा अत्युक्ति हुदैन । अर्का कार्यवहाक अध्यक्ष प्रचण्डले जनताको जनवादको धङधङती छोडेर तत्कालै ४–५ वर्ष जबज समाउने छाटकाट पनि देखिदैन ।

तर अहिले नेकपामा बनेको समीकरण उदेक लाग्दो छ । वरिष्ठ नेता माधव र उपाध्यक्ष वामदेव जबजका हिमायती हुन, खाली अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर तुल्याउन मात्र कार्यवहाक अध्यक्ष प्रचण्डको शरणमा पुगेका हुन । दक्ष प्रजापतिको शरीर जस्तो यो समीकरण दसौं महाधिवेशन पूर्व नै भताभुड्ग हुने कुरामा कुनै शंका छैन ।

कार्यशैलीगत कमजोरी र असन्तुष्टिहरूका कारण हठात गरिने निर्णयले अन्तत आफैलाई मसानघाट पुर्याउछ भन्ने कुराको हेक्का वरिष्ठ नेता माधव र उपाध्यक्ष वामदेवलाई छैन भनेर विश्वास गर्न सकिदैन ।

बिचारमा समानता भए पछि ब्यक्तिगत र मानवीय कमजोरीहरूलाई एकापासको छलफल र आत्मालोचनाबाट हल गर्न नसकिने पनि होईन । कम्यूनिस्ट पार्टी भित्रको आन्तरिक एकतालाई अक्षुण राख्ने विधि पनि यहि नै हो ।

अहिलेको स्थितिमा वरिष्ठ नेता माधव र उपाध्यक्ष वामदेवले ठन्डा र स्थिर दिमागले सोचेर आफू उभिने स्थानको सहि छनौट गर्न सक्नु भएन भने ईतिहासले उहाँहरूको भूमिकाको कठोर र निर्मम समीक्षा गर्ने छ ।

जहाँसम्म कार्यवहाक अध्यक्ष प्रचण्डको अहिलेको गतिविधिको सवाल छ , देश र जनताको भलोलाई पर पन्छाएर सोच्ने हो भने , आफू भन्दा भिन्न बिचार समुहमा जस्तोसुकै खेल खेलर त्यसलाई कमजोर बनाउने र आफू मजबुत हुने उनकोको रणनीति एकदम सहि छ ।

पार्टी एकिकरणको केहि समय पछि देखि नै उनका कृयाकलापहरू पुर्व माओवादी खेमालाई हरतरहले एक ठाउँमा राख्ने र जबज पक्षधर पूर्व एमाले बीचमा आगो लगाएर उनीहरूलाई कमजोर बनाउने तिर लक्षित छन ।

तर परिस्थिति हेर्दा लाग्छ दसौं महाधिवेशन सम्म पुग्दा नपुग्दा उनको त्यो सपना दिवा सपनाले दिने क्षणिक आनन्द भन्दा भिन्न हुने छैन र यति कुरा कार्यवहाक अध्यक्ष प्रचण्डलाई पनि पक्कै थाह छ कि सपना भनेको सपना हो,त्यो विपनासगँ मिल्न सक्दैन ।

IME Life
kumari