citizens life insurance long ad
stcnepal long ad

नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष प्रसाईंको निधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ । प्रसाईंको शुक्रबार दिउँसो ९९ बर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

प्रसाईं कृष्णप्रसाद भट्टराई कांग्रेसको सभापति रहँदाको कार्यसमितिमा कोषाध्यक्ष थिए । प्रसाईंलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए ।

उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । विक्रम सम्बत १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका प्रसाईं पछिमात्र झापा झरेका थिए ।

प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ । प्रपक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै कांग्रेसले त्यागी नेता गुमाएको बताएका छन ।

IME Life
kumari